प्रहरी भन्छः पाँचथर हत्याकाण्डमा बमबहादुरका कान्छा ज्वाईँको संलग्नता देखियो

Advertisement

काठमाडौँ । दुई परिवारका ९ जनाको ज्यान जाने गरि पाँचथरमा भएको हत्याकाण्डको अनुसन्धानमा प्रहरी सक्रिय छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याकाण्डमा एकजनाको संलग्नता रहेको देखिएको छ । घटनामा संलग्न रहेको आंशका मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका व्यक्तितर्फ सोझिएको छ ।

किनकी ती व्यक्ति हत्या भएका बमबहादुर फियाकका ज्वाईँ हुन् । सोमबार राति मिक्लाजुङ–३ मा बमबहादुर र उनका अर्का ज्वाईँ धनराज शेर्माको परिवारका सदस्यको हत्या भएको हो ।

स्थानीय बासिन्दाका अनुसार आत्महत्या गरेका मानबहादुर माखिम र हत्या भएको परिवारका बिच विगतमा पनि झगडा हुँदै आएको थियो । एक वर्षअघि पारिवारिक झगडा प्रहरीसम्म पुगेको थियो र प्रहरीको रोहबरमा मिलापत्र भएको थियो ।

Advertisement

Advertisement

Advertisement