ग्लोबल आइएमईले सूर्या लाइफको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र सूर्यलाइफ इन्सुरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि। का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि।को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement