गैर–आवासीय नेपाली संघले सघाउने क्वीज मेनिया सिजन ७लाई सघाउने, ६० वटा देशका विद्यार्थीहरु सहभागी गराउने ।

Advertisement

काठमाडौं । एक्रेटिभ मिडिया र गैर–आवासीय नेपाली संघ बीच सहकार्य गर्ने बारे सम्झौता भएको छ । सम्झौता पत्रमा एक्रेटिभ मिडियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि पोखरेल र गैर–आवासीय नेपाली संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डां. हेमन्त कुमार डवाडीले हस्ताक्षर गरेका छन् ।

विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले शुरु भएको विश्वव्यापी स्तरको क्वीज मेनिया सिजन ७को तयारी गर्ने क्रममा एनआरएनए मार्फत करिव ६० वटा देशका विद्यार्थीहरुको सहभागीता गराउने र अन्य तयारीमा सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

विगतमा एसियाली स्तरको प्रतियोगितामा विदेशी विद्यार्थी र कलेजको सक्रिय सहभागितालाई मध्यनजर गर्दै यस पटक विश्वव्यापी स्तरको कार्यक्रम निर्माण गर्न लागिएको हो ।

प्रतियोगितामा विश्वमा रहेका उच्च माद्यामिक स्तरका विद्यार्थीको सहभागिता रहने छ । उक्त प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन हुने मौका प्राप्त गर्नुका साथै उनीहरुका लागि यो कार्यक्रम एक अर्कालाई चिन्ने, सांस्कृति, शिक्षा आदानप्रदान हुने र नेपालको पर्यटन समेत प्रवर्धन हुने छ ।

सिजन ७ मा पनि महानायक राजेश हमालले कार्यक्रम संचालन गर्नेछन् । गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालय नेपाल र देश विदेशमा रहेका युवा संजालको सहयोग र सहकार्यका साथ प्रतियोगिताको व्यापक तयारी भईरहेको छ।

विदेशी कार्यक्रमका फ्रेन्चाइजहरु नेपाल भित्रिने क्रममा रहेको वर्तमान परिप्रेक्ष्यमा एक नेपाली कार्यक्रम अन्तर्राष्ट्रियकरण हुँदै जानु आफैमा एक गौरवको विषय भएकोले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न विभिन्न संघ संस्था, राजदुतावास, व्यापारीक तथा निजी निकाय, बहुराष्ट्रिय कम्पनी र मिडियाको सहयोग र सहकार्यको आशा गरेको छ ।

Advertisement

Advertisement