विपन्न कृषकलाई अनुदान वितरण

Advertisement

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरिएको हो ।

पचास कृषकलाई जनही २० हजारदेखि  एक लाखसम्म अनुदान वितरण गरिएको हो । अगुवा किसान तीलबहादुर गुरुङ र मीनबहादुर गुरुङलाई जनही  एक÷एक लाख अनुदान वितरण गरिएको छ ।दुवैले व्यवस्थित तरिकाले आधुनिक खोरमा १५ भन्दा बढी माउ बाख्रा पालेकाले रु एक लाख अनुदान प्रदान गरेका हो ।

पशुपालन र कुखुरापालन गर्न खोेर निर्माण गरेका ११ विपन्न परिवारलाई २०   हजारका दरले अनुदान रकम वितरण गरिएको छ । कुखुरा र बाख्रापालन गर्न खोर बनाएका तर लगानी गर्नसक्ने अवस्था नभएका किसान छनोट गरी  २० हजारका दरले अनुदान उपलब्ध हो ।

अठ्ठाइस् बाख्रापालक किसानलाई  ३० हजारका दरले अनुदान वितरण गरिएको छ । ३० हजार पाएका किसानले थोरैमा पनि पाँच वटा माउ बाख्रा र व्यवस्थित खोर बनाएका छन् । दश भन्दा बढी माउ बाख्रा पालेका र व्यवस्थित खोर बनाएका नौ किसानलाई ५० हजारका दरले अनुदान वितरण गरिएको छ ।

किसानले बनाएको व्यवस्थित बाख्राको खोर, बाख्राको सङ्ख्या र विपन्नतालाई मूल्याङ्कन गरी अनुदान वितरण गरिएको हो। अनुदान पाएका किसानले अनुदान रकमको सदुपयोग गरे÷नगरेको अनुगमनगरिने छ । दुरुपयोग भएमा तत्काल अनुदान फिर्ता समेत गर्न सकिने छ । त्यस्तै वडाले सात भैँसीपालक किसानलाई २५ प्रतिशत अनुदानमा ३५ हजार बढी मूल्य पर्ने घाँस काट्ने मेसिनसमेत वितरण गरेको छ ।
–––

Advertisement

Advertisement

Advertisement