यी हुन् फ्रिजमा राख्‍न नहुने खाद्यपदार्थहरु

Advertisement

काठमाडौँ । खाना वा कुनै बस्तु लामो समयसम्म ताजा राख्नका लागि फ्रिजको प्रयोग गरिन्छ । तर केही यस्ता वस्तुहरु छन् जुन फ्रिजमा राख्दा ताजापन हट्ने सम्भावना बढी हुन्छ । यति मात्र होइन खास स्वाद पनि पाउन मुस्किल हुन्छ ।

१)गोलभेंडा:  फ्रिजको गन्ध गोलभेँडाको पातलो झिल्लीबाट भित्र छिरी गोलभेँडाको स्वाद नै बिगारिदिन्छ। त्यसैले यसलाई ओसिलो ठाउँमा एउटा भाँडामा राख्दा नै उचित हुन्छ।

२) आलु :  विशेष गरी आलु चिसो अनि अँध्यारो ठाउँमा राखिन्छ । तर फ्रिजमा धेरै चिसो हुन्छ । फ्रिजको चिसोले आलुमा भएको स्टार्च चिनीमा बदलिन्छ अनि स्वाद पनि रहँदैन । त्यसैले आलुलाई फ्रिजमा राख्नुहुँदैन ।

३) लसुन प्याज : लसुन  लसुन प्याज फ्रिजमा राख्दा चाँडोभन्दा चाँडो ढुसी लाग्दछ । त्यसैले लसुन प्याज फ्रिजमा राख्नु हुदँैन ।

४) तरबुजा: तरबुजा जस्ता फलफूल फ्रिजमा राख्नुहुँदैन । फ्रिजले ती फलफूलमा निहित तत्वलाई घटाउँछ । त्यसैले यिनीहरुलाई कोठाकै तापक्रममा राख्दा राम्रो हुन्छ ।

५) मह : विश्वकै एकमात्र मह यस्तो चिज हो, जसलाई हामीले जति लामो समयसम्म पनि स्टोररुममा राख्न सक्छौं । यो कहिल्यै बिग्रिदैन । यसलाई फ्रिजमा राख्दा यसको स्वादिलोपन घट्छ ।

६) पाउरोटी : पाउरोटीलाई पनि मानिसहरुले फ्रिजमा राख्ने गर्दछन् जुन कुरा नितान्त गलत हो । पाउरोटीलाई फ्रिजले अझ धेरै सुख्खा बनाउछ ।

७) बदाम : बदामलाई कोठाकै तापक्रममा राख्न सकिन्छ । यसलाई फ्रिजमा राख्दा यसको स्वादमा घटबढ हुन जान्छ ।

८ )सस वा केचअप : सस वा केचअपको बिर्को खोलिसकेपछि पनि ३ वर्षसम्म ताजा नै बसिरहन्छ, जसको लागि फ्रिजको आवश्यकता नै पर्दैन।

९)स्याउ : स्याउलाई केही हप्तासम्म टेबलमै सजाएर राख्न सकिन्छ । तर स्याउलाई फ्रिजमा राख्दा यसको कुर्मुरेपन हराएर जान्छ । यसको प्राकृतिक गुणको लागि फ्रिजमा राख्नु उपयुक्त हुन्छ ।

१०)  केरा : काँचो केरालाई हावा नछिर्ने गरी गुम्स्याएर राख्दा चाँडै पाक्छ, फ्रिजभित्र राख्नुहुँदैन। तर पाकेको केरालाई भने अझ बढि पाक्न नदिन फ्रिजभित्र राख्नु जाति हुन्छ।

Advertisement

Advertisement

Advertisement