‘काठमाडौं पिंक केयरएथोन’ पुनः आयोजना हुने

Advertisement

काठमाडौं । लेजर पोर्ट नेपाल प्रा.लि. र नेपाल प्रहरी श्रीमती संघमा ‘काठमाडौं पिंक केयरएथोन’को पुनरामन हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम आउँदो बैशाख ८ गते पुनः आयोजना हुने जानकारी दिइएको हो । 

बिहान ६ः३० देखि १०ः३० बजेसम्म हुने ‘काठमाडौं पिंक केयरएथोन’ पैदल हिंडाइ र दौड गरी तीन विधामा हुने आयोजकको भनाई छ जसमा ३ किलोमिटर ५ किलोमिटर र १० किलोमिटर रहने आयोजकको भनाई छ । 

Advertisement

सुरु र अन्त्य बिन्दु प्रहरी प्रधान कार्यालय नक्साल हुने ‘काठमाडौं पिंक केयरएथोन’मा दौडपछि सहभागीहरुलाई खाजा र जुस दिइनेछ । प्रत्येक सहभागीलाई टिसर्ट र फिनिशर्स पदक पनि प्रदान गरिनेछ । 

प्रत्येक विधामा प्रथम पाँच जनालाई पुरस्कार दिइनेछ भने भाग्यशाली सहभागीका लागि थुप्रै उपहारको व्यवस्था पनि गरिएको छ । भारतीय अभिनेता तथा मोडल जय भानुशालीले ‘काठमाडौं पिंक केयरएथोन’को २०२४ को संस्करण सञ्चालन गर्नेछन । 

सहभागीताका लागि सम्पूर्ण महिलाले ईसेवामार्फत सहभागिता दर्ता गर्न सक्नेछन् । ‘काठमाडौं पिंक केयरएथोन’ स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा र शारीरिक, मानसिक, बौ‌द्धिक तथा आध्यात्मिक विकास र सशक्तिकरणको लागि आत्महेरचाह प्रवद्र्धन गर्ने कार्यक्रमको श्रृंखला हो । 

दशरथ रंगशालामा सन् २०१७ फेब्रुअरी २४ मा आयोजित यसको पहिलो संस्करणले अत्याधिक राम्रो प्रतिक्रिया पाएको भन्दै आयोजकले सन् २०१८ र २०१९ मा पनि यो कार्यक्रम आयोजना हुँदा दुई हजार पाँच सयभन्दा बढी महिला सहभागी भएको स्मरण गरेको छ । त्यसपछि कोरोना महामारीका कारण यो कार्यक्रम रोक्किएको थियो । 

बान्ड एम्बेसेडर, विज र विभिन्न क्षेत्रका प्रभावकारी व्यक्तिहरुको सहकार्यमा ‘पिंक केयरएथोन’ले महिलाहरुलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने गरेको छ । 

Advertisement

Advertisement