भारतीय वायुसेनाको विमान चिनियाँ सीमानजिकै बेपत्ता

Advertisement

भारत । भारतमा क्रू मेम्बरसहित तेह्र जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । दिउँसोको १२ वजेर २५ मा बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन । विमान चीनको सीमानामा हराएको आश‌ंका गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार विमानमा आठ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । विमानलाई खोज्नको लागि अहिले सबै उपलब्ध साधनको प्रयोग भइरहेको छ । तर अहिलेसम्म भने विमानको बारेमा केही पनि जानकारी आउन सकेको छैन ।

एएन ३२ विमान तीन वर्ष पहिले पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, छ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका आठ जना सदस्य थिए ।

त्यसको खोजी कार्यको लागि आठवटा विमान, एक पनडुब्बी र तीन पोतको प्रयोग गरिएको थियो । तर पनि त्यो विमान आजसम्म भेटाउन सकिएको छैन । त्यस घटनालाई एउटा रहस्य मानिएको छ ।

Advertisement

Advertisement

Advertisement