बजाज अटोले ‘प्लेटिना एच गियर’ सार्वजनिक गर्यो

Advertisement

काठमाडौं । बजाज अटोले ‘प्लेटिना एच गियर’ भारतमा सार्वजनिक गरेको छ। यो प्लेटिना एच गियर नयाँ ५ स्पिड गियर बक्सको साथमा लंच गरेको छ। यसमा डिजिटल इन्स्टुमेन्ट प्यानल दिइएको छ। जुन सिफ्ट गियरको साथमा ट्रिप मिटर र फ्यूल इन्डिगेटरसंग आउँछ।

बाइक ड्रम ब्रैक र डिस्क ब्रेकमा उपलब्ध छ। ड्रम ब्रैक भेरियन्टको बजार मूल्य ५५ हजार तीन सय ७६ ९भारु० रुपियाँ रहेको छ। डिस्क ब्रेक भेरियन्टको मूल्य ५५ हजार तीन सय ७३ ९भारु० रुपियाँ राखिएको छ।

प्लेटिना एच गियर इबोनी ब्ल्याक, ब्ल्यू र बैजन कलरमा उपलब्ध छ। यो बाइकमा रहेको पाँचौ गियरको नाम कम्पनीले हाइवे गियर राखेको छ। यो हइवे गियरले हाइवेमा गाडी चलाउँदा बढी माइलेज दिने कम्पनीको भनाइ छ।

यस नयाँ अपडेट प्लेटिनामा फेदर टच गियर मेकानिजमको प्रयोग गरिएको छ। जसले बाइकको गियर बदल्न झन सजिलो पार्ने कम्पनीले जनाएको छ ।

यसमा एच गियरको साथसाथै ‘एन्टि स्किड ब्रेकिङ सिस्टम’ट्युबलेस टायर लगायतका बिभिन्न फिचरर्स छन्। यो बाइक सामान्य प्लेटिना १००, प्लेटिना १०० इएस र नयाँ लन्च भएको ११० एच गियर गरी तीन भेरियन्टमा उपलब्ध छ।

Advertisement

Advertisement

Advertisement