नयाँवर्ष शुरु भएपछि शेयर बजार ५३.५४ अंकले घट्यो, नेप्से १९७२.१४ अंकमा ओर्लियो

Advertisement

काठमाडौं । नयाँ वर्ष २०८१ मा चार दिन शेयर बजार खुल्दा चारै दिन बजारमा गिरावट आएको छ । यी चार दिनमा बजार ५३.५४ अंकले घटेर नेप्से १९७२.१४ अंकमा आइपुगेको छ । 

यसैक्रममा साताको अन्तिम दिन आज बजार १९.५६ अंक तथा ०.९८ प्रतिशतले घटेको छ । सबै उपसूचक राताम्मे भएका छन् । लघुवित्त समूह सबैभन्दा बढी १.७२ प्रतिशतले घटेको हो ।

Advertisement

आज ३१५ कम्पनीका ५३ लाख ४४ हजार ६ सय १३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख १२ जहार ७ सय ९२.७८ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि खानीखोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९४ प्रतिशतले नाफा कमाएका छन् । आज ५४ कम्पनीको शेयर मूल्य बढ्दा बाँकीको घटेको छ । 

त्यस्तै आज रुरु जलविद्युत, गोर्खाज फाइनान्स, सिभिल बैंकको डिबेञ्चर, सीवाईसी नेपाल लघुवित्त र सिद्धार्थ बैंकको ऋणपत्रका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.३९, ८.८९, ६.१२ र ५.८४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४ सय ४१.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो आइतबार २.३५ अंकले बजार घट्दा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२.६२ रुपियाँ, सोमबार १६.८२ अंकले बजार घट्दा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२.६८ रुपियाँ  र मंगलबार १४.८१ अंकले बजार घट्दा २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८.५८ रुपियाँ बराबरको कारोबार भएको थियो । 

हिजो बुधबार रामनवमीको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।  

Advertisement

Advertisement