७८ मेगावाटको सान्जेन खोला बनाउन तीन बैंकले ऋण लगानी गर्ने

Advertisement

काठमाडौं । कुल ७८ मेगावाट क्षमताको साञ्जेन खोला जलविद्युत आयोजना बनाउन नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले ऋण ऋण लगानी गर्ने भएका छन् ।

सो सम्वन्धी सम्झौतापत्र शुक्रबार हस्ताक्षर भएको हो । आयोजनामा कुन बैंकले कति ऋण लगानी गर्न लागेका हुन् ? सो भने उनीहरुले नखुलाए पनि कुल लागतको ७० प्रतिशत ऋण र बाँकी सेयर लगानी हुने जनाएका छन् । कुल १३ अर्ब २० करोड रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा चीनको इक्वीटी चाइना हार्वर इन्जिनियरिङ कम्पनीले ९२ प्रतिशत लगानी गर्ने र बाँकी आठ प्रतिशत नेपाली साझेदार सालासुङगी पावर लिमिटेडले गर्नेछ ।

Advertisement

Advertisement

Advertisement