नेप्सेमा नगन्य सुधार, तर सेयर किनबेच आधै घट्यो

Advertisement

काठमाडौं । सेयर बजार सोमबार सामान्य सुधार भएको छ । आइतबार दोहोरो अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज दुई दशमलव ६३ अंकले बढेर एक हजार २६० पार भएको छ ।

कारोबार भने आइतबारभन्दा आज आधै धेरै घटेको छ । आइतबार ९४ करोड रुपियाँको सेयर किनबेच भएकोमा आज घटेर ४० करोड ३५ लाख रुपियाँको मात्रै कारोबार भएको छ । कारोबार धेरै गर्नेमा नेपाल बैंक र शिवम सिमेन्ट्स अगाडि छन् । दुवैको तीन करोडभन्दा माथिको कारोबार छ ।

आज बाणिज्य बैंकसहित अधिकांश समूहमा सुधार आउँदा नेप्सेमा सकारात्मक असर देखिएको हो । उत्पादनमूलक समूहका सुचक एक प्रतिशतले बढेको छ भने बढेका बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ । विकास बैंक, जीवन बीमा लघुवित्त समूहका सुचकहरुमा भने गिरावट आएको छ ।

Advertisement

Advertisement