नेप्से र सेयर कारोबार दुवैमा गिरावट, तारागाउँको सेयर बिक्री गर्न हतारिए लगानीकर्ता

Advertisement

काठमाडौं । सेयर बजारमा गिरावट फेरि कायम भएको छ भने कारोबारमा थप गिरावट भएको छ । मंगलबार सेयर बजार परिसुचक नेप्से दुई दशमलव २३ अंकले घटेर एक हजार २५८ कायम भएको छ भने कारोबार घटेर ३५ करोड ९४ लाख रुपियाँको कारोबार भएको छ ।

आज तारागाउँ रिजेन्सीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । हायाट होटल सञ्चालन गरिरहेको यो कम्पनीका भारतीय लगानीकर्ताले नेप्सेलाई पत्र पठाउँदै होटल बन्द भएको जानकारी दिएपछि यसका लगानीकर्ताहरु सेयर बेच्न हतारिएका हुन् । यो कम्पनीको सेयर चार करोड २४ लाख रुपियाँको खरिद बिक्री भएको छ ।

धेरै कारोबार गर्ने दोस्रोमा एनआइसी एसियाको दुई करोड छ भने शिवम सिमेन्ट्सको एक करोड ९४ लाख रुपियाँ छ । आज बाणिज्य बैंक, विकास बैंक र लघुवित्तबाहेक बाँकी सबै समूहका उपसुचकहरु घटेका छन् । तर सबैको घट्बढ नगन्य मात्रै रहेको छ ।

आज धेरै नाफा गर्नेमा गुराँस लघुवित्तका लगानीकर्ता अगाडि छन् घने घाटा खानेमा समता माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् । तारागाउँको सेयर दुई दशमलव आठ प्रतिशतले घटेको छ ।

Advertisement

Advertisement

Advertisement