कसले पुर्यायो बागमति नदिलाई व्यक्तिको नाममा ? १८८ रोपनी जग्गा अब कस्को ?

Advertisement

काठमाडौं । बागमति नदि व्यक्तिको जग्गामा बगेपछि स्थानीय बासिन्दाहरुले अधिकार सम्पन्न एकिकृत सभ्यता विकास समितिको काम विगत पाँच महिनादेखि रोकिएको छ । बागमतिको गोकर्ण गुहेश्वरी खण्डमा १८८ रोपनी व्यक्तिको जमिनमा बगेपछि स्थानीयले काम रोकिदिएका हुन् ।

बागमति नदिको वहाव परिवर्तन गर्दा व्यक्तिको जग्गा परेको र त्यसको मुआब्जाल नपाएको भन्दै स्थानीयले अवरोध गरेका हुन् । आइतबार संसदको विकास तथा प्रविधि समिति र कृषि समितिको संयुक्त बैठकमा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले मुआब्जा दिँदा राज्य धरापमा पार्ने र मुअब्जा नदिँदा जनता धरापमा पर्ने बताए ।

कानुन अनुसार मुआब्जा दिन नमिल्ने स्पष्ट पार्दै भूमाफियाहरुले चलखेल गरेको आरोप पनि लगााए । बैठकमा सांसदहरुले बागमति नदिको वहाव परिवर्तन गराउँदा मुआब्जा दिएको नदिएको एकिन हुनुपर्ने र बागमति बग्ने पुरानो जमिनको अवस्था समेत स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए । समितिले थप छलफलपछि मात्रै निर्णय लिने बताएको छ ।

Advertisement

Advertisement

Advertisement