विद्यार्थी पलायन रोक्ने मात्रै होइन्, विदेशी विद्यार्थी ल्याएर पढाउने हाम्रो योजना हो: घिसिङ

Advertisement

काठमाडौं । अध्ययनका लागि भन्दै नेपालबाट बर्षेनी हजारौंको संख्यामा विद्यार्थी र अर्बौं रुपियाँ विदेसिँदै आएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी पलायन रोक्ने मात्रै नभई विदेशी विद्यार्थी नेपालमै ल्याएर अध्ययन गराउने उद्दश्यसहित सञ्चालनमा आएको काठमाडौं वल्ड स्कुलले भक्तपुर गुण्डुमा विशाल र आधुनिक संरचना निर्माण गरेको छ । यस स्कुलमा कोरियनदेखि चिनियाँ विद्यार्थीहरु अध्ययन गर्न आइसकेका छन् भने विदेशमा स्थायी ढंगले बन्दै आएका नेपालीहरुले समेत आफ्ना बच्चाहरुसमेत काठमाडौं वल्ड स्कुलमा पठ्ढान सुरु गरेका छन् । दुई दशकभन्दा बढि समय शिक्षा क्षेत्रमा बिताइसकका यसै स्कुलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. राजेन्द्रकुमार घिसिङद्धारा कर्पोरेट नेपालको टेलिभिजन कार्यक्रम ‘कर्पोरेट नेपाल’मा व्यक्त विचारहरुको सार प्रस्तुत छः

छोटो समयमा काठमाडौं वल्ड स्कुल निकै चर्चामा छ, के छ विशेषता तपाईंहरुको र चर्चामा हुनुहुन्छ ?
खास गरेर अन्तर्राष्ट्रियस्तरको भौतिक संरचना र सुविधाहरु, त्यहीअनुसारको पढाई भएको हुनाले छोटै समयमा चर्चामा आएको जस्तो लाग्छ ।

सबैले आफ्नो विद्यालय सुविधासम्पन्न छ, राम्रो गुणस्तरको छ भन्छन् । अरु र तपाईंहरुमा फरक चाहीँ कहाँनेर छ ?
हामीकहाँ के छ भने भौतिक संरचना र सुविधा मात्रै होईन, त्यहाँ काम गर्ने हाम्रा शिक्षक हामी जसलाई ठूलो शक्तिको रुपमा लिन्छौं, उहाँहरु लगायत र कक्षाकोठा आफैंमा संशाधनयुक्त छ । कक्षा कोठाभित्र एउटा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्नको लागि चाहिने आईटी, इन्टरनेट, प्रोजेक्टरलगायतको सम्पूर्ण सुविधाहरु रहेको छ । कक्षा कोठाको साईज पनि त्यही हिसावको भएको हुनाले अरुकोभन्दा हामीकहाँ फरक नै छ ।

भनेपछि अन्तर्राष्ट्रियस्तरको विद्यालयमा जे जे चाहिने हो ? जे जस्तो आवश्यकता पर्छ विद्यार्थीलाई ? यो सबै उपलब्ध छ भन्न खोज्नु भएको ?
पक्कै पनि, हामीले यो स्कुल सुरु गर्नु अगाडी विश्वका नाम चलेका स्कुलहरु खास गरेर साउथ एसियाका स्कुलहरु– सिंगापुर, भारत र थाईल्याण्डका अन्तर्राष्ट्रिय स्कुलहरु हामीले भ्रमण गर्यौं । उनीहरुको सुविधा, उनीहरुको संरचना, उनीहरुले प्रदान गरिरहेको शिक्षाको पहुँच, गुणस्तर सबै कुरालाई अध्ययन गरिसकेपछि मात्रै भौतिक संरचना को डिजाईन गर्यौं । भौतिक संरचना मात्रै होइन्, हामीले यस्लाई राष्ट्रिय पाठ्यक्रम र अन्तर्राष्ट्रिय पाठ्यक्रमलार्ई कसरी मुलुकभित्र प्रभावकारी रुपमा प्रदान गर्ने भन्ने विषयमा अध्ययन अनुसन्धान गरिसकेपछि मात्रै यो काठमाडौं वल्र्ड स्कुलको निर्माणकार्य गर्या हौं । सोहीअनुसार गएको वर्षदेखि अध्यापन कार्य शुरु गरेका छौं ।

कति विद्यार्थी छन् अहिले ?
गएको वर्ष हामीले एलेमेन्टरी स्कुल, जसलाई हामी एक देखि आठ भन्छौं, सुरुवात मात्र गरेका थियौं । भन्नै पर्दाखेरी हामी प्लस २ को तयारीमा थियौं । तर पनि एउटा अनुभवको हिसाबले शुरु गर्नु पर्छ, १० जना नै विद्यार्थी किन नहोस भन्ने हिसाबमा अन्तिम समयमा आएर शुरु गर्यौं र प्लस टुलार्ई फोकस गर्यौं । त्यसो गर्दाखेरी र यो वर्षलाई भर्ना भएकासमेत हाल तीन सय ७२ जना विद्यार्थीले पढिरहेको स्थिति छ । एकदेखि आठ कक्षासम्म र ११ को विद्यार्थी अब १२ मा अहिले अध्ययन गर्दै छन्, गर्दाखेरी तीन सय १२ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

तपाईंहरुले जुनखालको सुविधासम्पन्नको कुरा गर्नुभयो, जहाँ स्विमिङ पुलको पनि व्यवस्था छ भन्ने कुरा गर्दैगर्दा फि पनि त महंगै होला नी ?
हामीले फि (शुल्क) यहाँहरुले सोचेजस्तो समाजले सोचेजस्तो र विद्यार्थीहरुले सोचेकोजस्तो महंगो गरेका छैनौं । त्यसको दुई वटा कारण छ । पहिलो कुरा त जुनस्तरको विचार गरेर योजना बनाएका थियौं, त्यस्तो सुविधा सम्पन्न भईसकेको छैन विद्यालय । निर्माण कार्य सम्पन्न भईसकेको छैन । त्यो अर्थमा हामीले जति सुविधा दिन्छौं भनेर योजना बनाएको हो, त्यो हामीले १०० प्रतिशत दिन सकेका छैनौं । नसकेको स्थितिमा हामीले फि कम गर्नुपर्ने बाध्यता छ । दोस्रो कुरा हाम्रो आफ्नो पहिचान बनार्ईसकेका छैनौं । भर्खर हामी पहिलो वर्ष सकेर दुई महिना बामेसराईको स्थितिमा छौं । हाम्रो पहिचान बनाउन अझै पनि बाँकी छ । यद्यपी काठमाडौंमा राम्रै प्रभाव मार्केटमा देखिन्छ । अभिभावकहरुको बीचमा ख्याती पाएको देखिन्छ । तर पनि हामीले आफ्नो पहिचान अझै पनि बनाउनु छ । हामीले तय गरेको दृष्टि, हामीले तय गरेको मिसन पूरा गर्न अझै पनि समय लाग्ने भएको हुनाले राष्ट्रियस्तरमा एकदम नाम चलेको स्कुलहरुको फिभन्दा केही कमी गरेको छौं ।

एसईई परिक्षाको रिजल्ट पनि आईसकेको अवस्था छ, तपाईंहरुले प्लस २ र ए लेभलको पढाई शुरु गर्नुभएको छ, कुन–कुन संकायको कसरी पढाई शुरु गर्नुभएको छ ?
हामीले प्लस २ को पढाई गएको वर्षदेखि शुरु गरेका हौं, साउनदेखि । ए लेभल शुरु गरिसक्या छैन् । हाम्रो योजना यो पनि शुरु गर्ने हो । तर विविध कारणले यो वर्ष शुरु गर्न सकेनौं । एकदम अन्तिम समयमा आएर मात्र अनुमति प्राप्त भएकाले तयारीका लागि समय अभाव जस्तो लागेर हामीले अर्को वर्ष मात्रै गर्ने योजना बनाएका छौं । जहाँसम्म प्लस २ को पढाई छ, यसमा हामीले विज्ञान संकाय र व्यवस्थापन संकायमा पढाई गएको वर्षदेखि शुरु गरिसक्यौं र त्यसैलाई हामी निरन्तर गछौं ।

तपाईंहरुकोमा कसरी हुन्छ अध्यापन चाहीँ ? विदेशी तरिकाले हुने हो की ? जस्तोकी व्यवहारिक शिक्षाहरुको कुराहरु आर्ईरहेको छ । सरकारले पढाईको तरिका नै फरक गर्नु पर्छ भनेर कुरा उठिरहँदा तपाईंहरुले यसलाई कसरी पच्छ्याईराख्नुभएको छ ?
हामीले नेपालभित्र बसेर राष्ट्रिय पाठ्यक्रम नै सञ्चालन गर्ने हो । त्यसमा कुनै शंका छैन् र अन्तर्राष्ट्रिय कार्यक्रमहरु, जसले अहिले ए लेवलको कार्यक्रमहरु गरिरहेको छ, आईभीडीपी पनि एउटा स्कुलले अफर गरिरहेको स्थिति नेपालमा छ । तर, त्योभन्दा बाहेकले एकदेखि १२ सम्मको पढाई राष्ट्रिय पाठ्यपुस्तकमा आधारित भएर गरिरहेको छ । हामीले पनि ए लेभल पढाई शुरु नगर्दा एकदेखि १२ सम्मको हाईस्कुल शिक्षा नै अफर गर्ने हो । तर फरक के छ भन्दाखेरी हामीले त्यसलाई कसरी प्रभावकारी रुपमा प्रवाह गर्ने ? भन्ने विषयमा चाहीं अन्तर्राष्ट्रिय दृष्टिकोण (टिचिङ–लर्निङ प्यारागोडिज अप्रोच), यो अप्रोच अन्तर्राष्ट्रियस्तरमा एकदमै भर्खरैको अप्रोच हो । यो अप्रोचहरु प्रयोग गर्छौं।, जसका लागि हामीले आईपीसी (इन्टरनेशनल प्राईमरी करिकुलम)को अप्रोच इलेमेन्ट्री स्कुलमा लागू गरेका छौँ । यो अप्रोच चाहीं फिल्ड एजुकेशन भन्ने संस्थाले इङग्ल्याण्डको पाठयक्रममा आधारित भएर बनाईएको एउटा अप्रोच हो, जुन अहिले १३० भन्दा बढी देशमा लागू भईरहेको र हामीले पनि गएको वर्षदेखि नै आईपीसीको फ्रेमवर्क इलेमेन्ट्रीमा लागू गरिरहेका छौं । ठूलो कक्षाहरुमा कन्टेन्ट धेरै भएको हुनाले पहिलाकोे टे्रडिशनल अप्रोच जस्तो एकोहोरो रोट लर्निङ्मा हामीले फोकस गरेका छैनौँ । विद्यार्थीहरु सानो समूहमा कक्षा कोठामा राखेर पढाई सञ्चालन हुन्छ । कक्षा ११ र १२ मा पनि हाम्रो विद्यार्गी संख्या ३२ देखि ३३ जना भएको हुनाले सानो समूहमा प्रोजेक्ट बेस इन्क्वाईरी बेस टिचिङ लर्निङमार्पत हामी अरुको भन्दा भिन्न हिसाबले र अनुभवी लर्निङमार्फत विद्यार्थीहरुलाई ज्ञान दिन्छौं । त्यही हुनाले फरक छ अरुको भन्दा ।

यसरी पढाईरहँदाखेरी रिजल्टको कुरा आउँछ, कस्तो छ रिजल्ट ? त्यसैगरेर अभिभावकहरुको प्रतिक्रियाका कुराहरु पनि आउँछन्, कस्तो प्रतिक्रिया पाउनु भएको छ तपार्ईंहरुले ?
रिजल्टको कुरा गर्दाखेरी अब बोर्डकै कुरा गर्ने हो भने ११ कक्षा गएको वर्ष शुरु गरेका हौं । त्यसको रिजल्ट भईसकेको छैन । तर, म र मेरो टिमलाई के विश्वास छ भने पहिलो वर्षमै हाम्रो विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने छ । जहाँसम्म इलेमेन्ट्रीको कुरा छ, त्यसमा रिजल्टभन्दा पनि बाबुआमा कति खुशी छन् ? विद्यार्थीहरुले एक वर्षमा के कुरा हाँसिल गरे ? सामाजिक स्किलको रुपमा के हाँसिल गरे ? इमोशनलले स्किलमा के गरे ? इन्टेलेक्चुअल स्किलमा के हाँसिल गरे ? र पर्सनल स्किलमा के पाए ? भन्ने कुरा महत्वपूर्ण हो । यसलाई हेर्दाखेरी अभिभावक र विद्यार्थीहरु खुशी हुनुहुन्छ । त्यसमा हामी पनि खुशी छौँ ।

जस्तो काठमाडौं वल्र्ड स्कुलमा चौधरी समूहकोसमेत लगानी रहेको छ । अर्कातिर हेर्ने हो भने व्यवसायिक घरानाले आफ्नो छोराछारीहरुलाई बाहिर पठाउने प्रतिस्पर्धा जस्तै छ । तपाईंहरुले उनीहरुको छोराछोरीलाई रोक्न सक्ने अवस्था छ त ?
पक्कै पनि छ । हामी एक वर्षको अनुभवमा के गर्भका साथ भन्न सक्छौं भने नेपालमा यदी अन्तर्राष्ट्रियस्तरको भौतिक सुविधा, भौतिक संरचना, सुविधा र प्याडागोजीज अप्रोचेज छ भने हामीले विदेशमा जाने अभिभावकहरुलाई रोक्न सक्छौँ । यहाँबाट जाने बाहिर लाने अभिभावकलाई मात्र होईन, विदेशी विद्यार्थीलार्ई पनि ल्याउन सक्छौँ । जस्तै, अंगे्रजीमा एउटा उखान छ ‘रोमन वाज नट व्युल्ड इन अ डे’ । हामीले शुरु गरेको एक वर्ष भयो । एक वर्षभित्रै पनि गएको वर्ष एउटा चाईनिज विद्यार्थी पढि नै रहेको थियो । यो वर्ष आएर कोरिया, अमेरिका, अष्टे्रलियाको विद्यार्थीहरु पनि काठमाडौं वल्ड स्कुलमा अध्ययन गरिरहेका छन् । त्यति मात्र होईन, नेपालमा गुणस्तरीय शिक्षा छैन, भौतिक सुविधा र संरचना राम्रो छैन, खेलकुद आदि पर्याप्त भएन भनेर इन्डिया लाने अभिभावकले यो वर्ष दुङ, सेनपल, जीडी, कोयन्का जस्ता नाम चलेका स्कुलहरुबाट विद्यार्थी फर्काएर ल्याएर हामीकहाँ अध्यापन गराईरहेका छन् । त्यो हाम्रो लागि बडो खुशीको कुरा हो । यसले के संकेत गर्छ भन्दाखेरी यहीं नेपालमा सुविधा र गुणस्तरीय शिक्षा छ, अभिभावकलाई हामीले सन्तुष्ट पार्न सक्यौं भने अभिभावकले बाहिर छोराछोरी लाने स्थिति रहँदैन । उहाँहरुले नेपालमा नै राख्नुहुन्छ ।

भौतिक सुविधाका कुराहरु गर्दैगर्दा चुनौतिका कुराहरु पनि सगँसँगै आउँछन्, जस्तो भौतिक संरचनादेखि सुविधा नै हेर्दा निकै महत्वकांक्षी परियोजनाहरु देखिन्छ यस स्कुलमा एक प्रकारले । अब नेपालमा काम गर्न अवगत नै छ अप्ठ्यारो छ । चुनौति छ । सोचेजस्तो हुँदैन् । यति हुँदाहुँदै तपाईंहरुले यो परियोजनाहरुलाई कसरी अगाडी बढाउनुहुन्छ ?
पक्कै पनि यो परियोजना सोचेभन्दा ठूलो नै भएको हो । जसलाई मानिसले महत्वकांक्षीका रुपमा पनि हेर्छन् । शिक्षामा २५० करोडभन्दा बढी लगानी गरेर आउने प्रोजेक्टलाई सानो प्रोजेक्ट भन्न मिल्दैन । यो महत्वकांक्षी नै प्रोजेक्ट हो । तर, यसले चाहीं छोटो समयमा पैसा कमाउने भन्दा पनि मुलुकको लागि के गर्न सकिन्छ ? र मुलुकबाट यति धेरै पैसा शिक्षाको नाउँमा, हाइयर एजुकेशनको नाउँमा ६० हजारभन्दा बढीको संख्यामा नेपाली विद्यार्थीहरु बाहिर गईरहेका छन् । अर्बौं पैसा गईरहेको छ भने हाईस्कुल एजुकेशनमा पनि खास गरेर हाम्रो छिमेकी मित्रराष्ट्र भारतका विभिन्न स्कुलहरुमा विद्यार्थीहरु तीन हजारभन्दा बढीको संख्यामा अध्ययन गरिरहेको अनुमान गरिन्छ । पाँच सयभन्दा बढीको संख्यामा बर्षेनी बाहिरिने गरेको अनुमान गरिन्छ । यो अवस्थामा आज लगानी गरेर दुई वर्ष वा तीन वर्षभित्रमा यसको प्रतिफल फिर्ता खोज्ने भन्दा पनि लामो समयमा मुलुकमा के गर्न सकिन्छ ? मुलुकमा के योग्दान पुर्याउन सकिन्छ ? विदेशिने त्यो पैसालाई हामी रोक्न सक्छौँ कि सक्दैनौँ ? भन्ने उद्देश्यका साथ आएको हुनाले पक्कै पनि चुनौति छ । तर, हाम्रो विश्वास के छ भने अभिभावकहरुलाई रोक्न सक्छौँ । त्यति मात्र होईन, बाहिरको विद्यार्थी ल्याउन सक्यौं भने यो दिगो हुन्छ । शुरुको दिनहरुमा हामीलाई पनि डर के थियो भने इन्फ्रास्ट्रक्चर बन्यो, प्यारागोजी अन्तर्राष्ट्रियस्तरको लेटेस्ट अप्रोचहरु चलाउँछौँ भनेर भन्यौं । तर हाम्रो लागि मेनपावर छ की छैन ? त भन्ने कुरामा धेरैले आशंका गरेका थिए । मेरो २०–२२ वर्षको अनुभवले के भन्छ ? भने अहिले निजी विद्यालयहरुबाट उत्पादन भएका ग्राजुयटहरु हाम्रो मुलुकमा प्रशस्त छन् । उनीहरु कन्फिडेन्ट छन् । सक्षम छन् । मात्र के भने टिचिङ लनिङ प्यारागोजिजको बारेमा उनीहरुलाई टे्रनिङ आवश्यक छ । प्रोफेशनल डेभलपमेन्ट ट्रेनिङ आवश्यक छ ।

भने पछि हामीमा अझै पनि दक्ष जनशक्तिको अभाव छ भन्ने कुरा हो ?
छैन । अब छैन् । पहिला थियो । अब आएर हामीले हाम्रै देशभित्र भएका ग्राजुयटहरुलार्ई ट्रेनिङ गर्न सकिन्छ । हामीकहाँ अहिले काम गर्नुहुने योङहरुको समूह बढी छ । ३० देखि ३५ वर्ष भित्रका, शिक्षाप्रति प्यासन भएका, एकदम लागिपर्ने शिक्षकहरुको समूह छ । गएको एक वर्षमा त्यो शिक्षकको टिमले, मेरो टिमले अभिभावकको मन जित्न र विद्यार्थीहरुलाई खुशी पार्न सफल भएको छ ।

धेरै स्कुलहरुले इन्टरनेशनल लेखेको देखिन्छ, तपाईँहरुले वल्ड लेख्नुभयो । अन्तर्राष्ट्रिय प्रस्पिर्धा विश्वमै सक्षम छ भन्ने खालको यो देखाउने अवसर पनि हो या अर्कै कारण छ ?
के छ भने इन्टरनेशनल लेखौं या वल्ड लेखौं, यी दुईवटै कुराले के संकेत गर्छ भन्दाखेरी हामी हाम्रो आफ्नो भौगोलिक सीमामा मात्र सीमित छैनौं । ग्लोबल्ली हाम्रो उपस्थिति छ भन्ने देखाउनलाई इन्टरनेशनल अथवा वल्र्ड लेख्ने चलन छ । नेपालको शिक्षा ऐन कानुन र नियमावलीले के भन्छ भने मेरो ख्यालमा ५ प्रतिशत विदेशी विद्यार्थी भयो भने मात्र त्यसलाई इन्टरनेशनल लेख्न पाउने भन्ने प्रावधान छ । त्यसलार्ई पनि ध्यानमा राखेर हामीले हाम्रो स्कुल ग्लोवल्ली होस् भन्ने चाहान्छौँ । तर, इन्टरनेशनल हामी लेख्दैनौँ । त्यसका लागि वल्ड एउटा शव्द काफी छ भन्ने हिसाबले....। अर्को आईबी स्कुलहरु युनाइटेड वल्र्ड कलेज, जेम्स वल्र्ड एकेडेमी कलेज जस्ता प्रशिद्ध कलेजहरुको नामबाट पनि प्रभावित भएर काठमाडौं वल्ड स्कुल राख्ने प्रस्ताव गरें जुन उहाँहरुले स्वीकार गर्नुभयो ।

अध्यापनको कुरा आयो विभिन्न विषय विभिन्न तरिका विभिन्न प्रस्तुतीका कारणले पढाउने विद्यालय राम्रो हुन्छ भन्ने कुराहरु आउँदै गर्दाखेरी फेरी पनि बताईदिनुस् न तपार्ईहरुले पढाउने शैली कस्तो हुन्छ ?
हामीले पढाउने भनेको राष्ट्रिय पाठ्युस्तक नै हो । राष्ट्रिय पाठ्यपुस्तक कुनै पनि अर्थमा नराम्रो छैन । अन्तर्राष्ट्रियस्तरको करिकुलमसरह नै हाम्रो पाठ्यपुस्तक विद्धानहरुले बनाउनु भएको छ । वर्षौंको अनुभव सरकारको पनि छ र विद्धानहरुको पनि छ । त्यही हिसाबले हाम्रो नेपाली पाठ्यपुस्तक बनेको छ । अभाव चाहीं के छ भने यसलाई कसरी प्रभावकारी ढङ्गले विद्यार्थीको माझमा बुझ्ने हिसावले प्रस्तुत गर्ने ? भन्ने हो । यसका लागि हामीले अहिले अन्तर्राष्ट्रियस्तरको लेटेस्ट लर्निङ पेडागोजीअन्तर्गत व्यवहारिक शिक्षा प्राप्त गर्दै पढाउने तरिका काठमाडौं वल्ड स्कुलमा लगाएका छौं । अरुकोभन्दा फरक भनेको प्राक्टिकल्ली अनुभवी शिक्षा जस्तैः प्लान्टेशनको युनिट छ भने त्यसलाई फिल्डमै लगेर प्लान्ट कसरी हुर्किन्छ ? भन्ने कुरा विद्यार्थीहरुलाई सिकाईन्छ । जसलाई हामी प्रोजेक्टमा आधारित सिकाई अथवा इन्क्वायरीमा आधारित सिकाई भन्छौं । हाम्रो मुख्य उद्देश्य भनेको कुनै पनि टपिकलाई खर्रर्र पढेर विद्यार्थीलाई सुनाएर रोट लर्निङ गराउनेभन्दा वी हेल्प चिल्ड्रेन टु लर्न हाउ टू लर्न ? सो द्याट दे विकम लाईफ लङ लर्नर्स् भन्ने फिलोसाफीबाट गाईड भएर पढाई गर्ने गरेका छौँ ।

पश्चिमाहरुले पूर्वीय दर्शनमा आधारित भएर ठूला ठूला खोज अध्ययन गरिरहेका छन् । त्यही अनुसार उनीहरु अन्तरिक्षसम्म पुगेका छन् । हामी चाहीं पश्चिमाहरुलार्ई पच्छाउँदै त्यही अनुसारको पठनपाठन गराईरहेका छौं । कहीं हामी अल्मलिएका त छैनौँ ?
हामी पक्कै पनि अल्मिलिएका छैनौँ । पूर्वीय दर्शनको बारेमा हाम्रो टिम जानकार छ । पक्कै पनि टेक्नोलोजीको प्रयोग र लेटेस्ट पेडागोजीको हिसाबमा पश्चिमाहरु धेरै अगाडि भएको हुनाले उनीहरुबाट यी कुराहरु हामीले सापट् लिनै पर्यो । ती कुराहरुलाई पाठ्यक्रममा लगाउनै पर्यो । त्यो भन्दा बाहेक हामी पूर्वीय दर्शन के कुरामा धनी छौं भने हाम्रो आफ्नो पूर्वीय मूल्यहरुमा धनी छौं । त्यसकारण हामीले काठमाडौं वल्ड स्कुलको नारा नै के भन्या छ भन्दाखेरी प्रोगे्रसिभ एजुकेशनमा पनि भ्यालुवेस गरेर हामीले छ वटा भ्यालुवेस निर्माण गरेका छौं । त्यो भनेको इन्ट्रोगेटिभ, कम्प्यासन, कोल्याबरेसन, रेस्पेक्ट, रेस्पोन्ससिविलिटि, डाईनामिजम् जस्ता छ वटा कोर भ्यालुलाई हामीले शिक्षकको माझमा स्कुलमा प्राक्टिस गरिरहेका छौ । हामी देश, समाजलाई माया गर्ने विधार्थी उत्पादन गर्न चाहान्छौ । जो भविष्यमा गएर बाहिरको लागि लालईत हुने भन्दा पनि मुलुकलाई कसरी अगाडि बढाउने ? भन्ने... आफ्नो भाषालाई बुझ्न सकेन भने त्यस्ता व्यक्तिले अन्तर्राष्टिय भाषा सस्कृतिलाई बुझ्न सक्दैन । आफ्नो भाषा संस्कृतिमा गर्व गर्ने वातावरण निर्माण गरिरहेका छौ ।

Advertisement

Advertisement

Advertisement