जोगबनी नाका पाँच दिनपछि सञ्चालनमा आयो

Advertisement

विराटनगर । जोगबनी नाका पाँच दिनपछि सञ्चालनमा आएको छ। भारतीय पक्षले बाढीका कारण मिरगञ्ज पुल कमजोर भएको भन्दै नेपालतर्फ हुने आयातमा अवरोध गरेसँगै नाका ठप्प थियो।

जोगबनीबाट ४ किलोमिटर टाढा रहेको पुल हुँदै गत शनिबारदेखि मालवाहक सवारी साधन नेपाल भित्रन पाएका थिएनन्। वर्षासँगैको बाढीले पुललाई असर गरेको भन्दै भारतीय पक्षले मालबाहक सवारी साधानलाई रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट विराटनगर भन्सारमा हुने आयात ठप्प भएको थियो।

नाका सुचारु भएसँगै भन्सारको काम नियमित भएको विराटनगर भन्सार विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement