पूर्वराजालाई नागार्जुनबाट समेत लखेट्ने प्रचण्डको चेतावनी, तीन करोड जनता सडकमा उतार्ने दावी

Advertisement

रामेछाप । सत्तारुढ नेपाल कम्युस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जूनबाट समेत लखेट्ने चेतावनी दिएका छन्। खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्न आएका दाहालले नागार्जुन दरबारमा समेत बस्न नदिने चेतावनी दिएका हुन्।

पूर्वराजा ज्ञानेन्द्र सक्रिय हुन खोजेको भन्दै दाहालले त्यसो गरे उनले नसोचेको परणाम भोग्नुपर्ने बताए । उनले भने, ‘राजा महाराजाहरु फेरि सलवलाउन थालेका छन्, धेरै सक्रियता देखाए पूर्वराजा ज्ञानेन्द्रले नसोचेको परिणाम भोग्नुपर्छ।’ भर्खरै सिंगापुरबाट फर्किएका उनले किन पूर्वराजाप्रति आक्रामक भए ? रहस्यपूर्ण देखिन्छ ।

दाहालले परिवर्तन नचाहनेले देशमा बकवास गर्न थालेको आरोप लगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको तर्क गरे । ज्ञानेन्द्र नसच्चिए उनलाई नागार्जुन दरबारबाट लखेट्ने उनको चेतावनी छ ।

आफूहरुको समर्थन र पूर्वराजाको विरोधमा तीन करोड नेपाली सडकमा उत्रिने दावी गर्दै दाहालले भने, ‘तीन करोड जनता फेरि सडकमा आउनु परे परिवर्तन विरोधीहरुको हालत नराम्रो हुनेछ । अहिले केही व्यक्ति सिस्टम नै फेर्ने दिन आएको बताउन थालेको भन्दै उनले भने, ‘हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरु सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेका छन्, जम्मा डेढ वर्ष भयो सरकार बनेको, स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ। दुई वर्ष पुगेकै छैन तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन्।’

दाहालले केही मान्छेलाई फेरि राजा ल्याउने मन भएको भए पनि त्यो सपना पूरा नहुने भन्दै अहिलेको उपलब्धि बलिदानको परिणाम भएको र कसैले दया माय गरेर कम्युनिस्ट पार्टीलाई दुई तिहाई नदिएको तर्क गे ।

उनले नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा स्थानीय सरकार प्रादेशीक सरकार र संघीय सरकार संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तन होइन् भन्दै त्यसमा आफू र आफ्नो तत्कालिन पार्टीको योगदान रहेको संकेत गरे ।

दाहालले विकासले चाँडै गति लिने भन्दै थपे, ‘डेढ बर्षमा हामीले गरे नगरेका सबै कुरा छर्लङ्गै छन्, आउने वर्षमा हाम्रो विकासले अझ ठूला ठूला गति लिन्छन् भन्ने विश्वासको आधार तयार गरेको छ।’

Advertisement

Advertisement