रिलायबल लाइफको एग्रेशिभ मुभः साढे १९ करोड नाफा

Advertisement

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ५७ लाख नाफा आर्जन गरेको छ । २०७६ असार मसान्त अवधीमा कम्पनीले सो मात्रामा नाफा आर्जन गरेको हो । २०७५ असार मसान्तमा कम्पनीको नाफा जम्मा १२ करोड ७८ लाख मात्रै नाफा कमाएको थियो ।

कम्पनीले एक वर्षको अवधीमा आफ्नो नाफा १२ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । रिलायबलले १ अर्ब ७६ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीको बीमालेख संख्या पनि ६ लाख ४६ हजार ४ स २८ वटा पुगेको छ । कम्पनीले हालसम्म एक हजार ८६ वटा दावी वापत १२ करोड ४५ लाख रुपैंया भुक्तानी गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement