सिमेन्ट उत्पादक संघको नेतृत्वमा पुनः थापा

Advertisement

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिका लागि बिहीबार भएको निर्वाचनमा ध्रुव थापा पुनः अध्यक्षमा चयन भएका छन् । थापा कसमस सिमेन्ट उद्योगसँग आवद्ध छन् ।

त्यस्तै, उपाध्यक्षमा अग्नी सिमेन्ट इन्डष्ट्रिजका डा. तारा पोखरेल, महासचिवमा विशाल सिमेन्ट इन्डष्ट्रिजका जयन्द्र चुडाल, सदस्यहरुमा युनाइटेड सिमेन्टका विकास दुगड, एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई, इन्टरनेशनल सिमेन्ट इन्डष्ट्रिजका राजनकुमार झा, केपी सिमेन्ट इन्डष्ट्रिजका केशव उप्रेती, शिवम सिमेन्टका सुरेन्द्र गोयल छन् ।

संघमा ५८ उद्योगहरु सदस्य छन् । संघले आज सम्पन्न १५औं बार्षिक साधारणसभाले आयव्याय विवरण पनि पास गरेको छ ।

Advertisement

Advertisement

Advertisement