व्यवस्थित शहरीकरणका लागि विदेशी लगानी आवश्यक छः लोहनी

Advertisement

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले लगानी सम्मेलनमा व्यवस्थित शहरीकरण आयोजनामा विदेशी लगानी आउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले सरकारले व्यवस्थित शहर बनाउन विदशी लगानी आउने वातावरण ऐनमार्फत नै बनाउन जरुरी रहेको बताए । लोहनीले मुलुकभित्र व्यवस्थित शहरीकरण योजनामा स्वदेशी लगानी कम हुने भएकोले विदेशी लगानी आवश्यक रहेको बताए । 

Advertisement

आगामी लगानी सम्मेलनमा व्यवस्थित शहरीकरणका आयोजनाहरु प्रश्तुत गर्न आवश्यक रहेको उनले बताए । लोहनीले व्यवस्थित शहर बनाउने विदेशी लगानीमैत्री वातावरण नभएको भन्दै लगानीमैत्री वातावरण बनाउने गरी सरकारले तयारी गर्नुपर्ने सुझाव दिए । 

उनले विदेशी र स्वदेशी लगानीकर्ताले ठूला शहरीकरण आयोजनाहरुमा लगानी गर्ने वातावरण बनाउन नीतिगत व्यवस्थाको खाँचो रहेको बताए । लोहनीले नेपालमा हदबन्दीको समस्या जटिल रहेको भन्दै व्यवस्थित शहरीकरणको लागि हदबन्दी छुट दिने व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष लोहनीले विदेशीहरुलाई नेपालमा अपार्टमेण्ट खरिद गर्ने व्यवस्थाबारे सरकारको प्रतिवद्धता छिटो पूरा गर्न आग्रह गरे । ठूल–ठूला ‘ल्याण्ड पुलिङ’का आयोजनाहरु निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुलाई सहभागिता जनाउने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उनले टुक्रे आयोजनाहरुले मात्रै व्यवस्थित शहरीकरण हुन नसक्ने बताए । 

लोहनीले ठूला शहरहरु बनाउन आवश्यक रहेको बताए । उनले यस्ता आयोजनाहरु लगानी सम्मेलनमा प्रश्तुत गर्दा मात्रै विदेशी लगानीकर्ता आकर्षित हुनसक्ने दाबी गरे । लोहनीले नेपालको भूमि सम्बन्धि ऐन परिमार्जन गरी विदेशी लगानीमा बन्ने आयोजनाहरुमा जग्गाको समस्या नआउने परिस्थिति बनाउन जरुरी रहेको बताए । 

Advertisement

Advertisement