जनताले तिरेको कर जनप्रतिनिधीलाई मोजमस्ती गर्न होइन, कर लिनुको आधार पुष्ठि हुनुपर्छः सुरेन्द्र पाण्डे

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले जनताले तिरेको कर जनप्रतिनिधिको मोजमस्तीको लागि नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले दसैँ, तिहार तथा छठका अवसरमा आयोनना गरेको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले कर कसैलाई मोजमस्ती गर्नको लागि नभएको बताएका हुन् । उनले बेलायतमा लोकतान्त्रिक आन्दोलन चलिरहेका बेला जनताले जिताएका प्रतिनिधिले शासनसत्ता नचलाएसम्म नागरिकले सरकारलाई कर तिर्देनौं भन्दै नो ट्याक्स विदाउट पाटीसिपेशनको आन्दोलन चलाएको सन्दर्भ पनि प्रस्तुत गरे ।

उनले पछिल्लो समय ३ तहका सरकारहरुले संकलन गरिरहेको करको औचित्य पुष्ठि गर्न नसकिएकाले जनताले गाली गर्न थालेको निष्कर्ष पनि सुनाए । राज्यले किन किन उठाईरहेको छ भन्ने कुराको औचित्य पुष्ठि गर्दै जनताको जीवनस्तर उकास्न सरकारले भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका थिए ।

उनले भने, ‘भाषणले मात्र देशमा समृद्धि आउँदैन, विकासका लागि पैसा चाहिन्छ । जसको कारणले राज्यले कर उठाउनु बाध्यता हो तर जनताले तिरेको कर मोजमस्तीमा खर्च गरिनु हुँदैन । ’ सरकारले कर तिम्रो लागि यसकारणले उठाइएको हो भन्ने स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले विचार राखे । सरकारले अहिले उठाइरहेको अनावश्यक करको औचित्य पुष्टि गर्न उनले सरकारलाई अनुरोध पनि गरे । हिजो क्रान्ति र आन्दोलनका च्याम्पियन बनेका नेताहरु अब देश निर्माणका च्याम्पियन बन्नुपर्ने उनको विचार थियो ।

Advertisement

Advertisement

Advertisement