बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपाका सांसद साधारण तारेखमा रिहा

Advertisement

काठमाडौं । बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छोडेको छ।

न्यायाधीश तेज नारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छोडेको हो। बुधवार उनीमाथि अनुसन्धान गर्न अदालतले चार दिने म्याद दिएको थियो।

मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका सांसद साहमाथि गैरसैनिक हवाइ उडानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। उनले गैरसैनिक हवाइ उडानसम्बन्धी कसूर गरेको प्रमाणित भए पाँच देखि दश वर्षसम्मको कैद हुन सक्ने व्यवस्था छ।

Advertisement

Advertisement

Advertisement