चेम्बरले मेटाउन खोजेर महासंघ मेटिदैन्- राणा

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले दुइतिहाई बहुमतको सरकार समृद्धिको विषयमा अझै पनि अलमलमा रहेको बताएकी छन् । रिपोर्टर्स क्लव दाङमा शनिबार बोल्दै उनले उद्योग व्यवसाय नीतिमा अझै पनि धेरै समस्या रहेको भन्दै यसलाई सरकारले चाँडै समाधान गर्नुपर्ने बताइन् ।

लगानी सम्मेलन गर्न लागेको सरकार नीतिगत र प्रशासनिक कुरामा प्रष्ट हुनुपर्ने भन्दै राणाले आम व्यवसायीहरुले राज्यको दोहोरो करप्रति गुनासो गरिरहेको अवस्थामा एकीकृत कर प्रणालीको अवधारणालाई चाँडै लागू गर्नुपर्ने बताइन् ।

महासंघले अर्थमन्त्रीलार्इ एकीकृत कर प्रणालीबारेको अवधारणा बुझाइसकेको जानकारी दिँदै उनले विदेशी लगानी ल्याउन पहिला लगानीको पूर्वाधार तयार हुनुपर्ने बताइन् । राणाले स्थानीय सरकारदेखि केन्द्रिय सरकारसम्मै सुशासनका विषयमा टिकाटिप्पणीहरु भइरहेको भन्दै सुशासनलाई पहिलो प्रार्थमिकता दिन सरकारलाई आग्रह गरिन् ।

त्यस्तै, राणाले नेपाल चेम्बर अफ कमर्श उद्योग वाणिज्य महासंघको प्रतिद्धन्दी तथा वैकल्पिक संस्था नभएको दावी गरिन् । चेम्बरले छुट्टै आफ्नो संगठन निर्माण गरिरहेको बेला उनले भनिन, ‘आमा संस्था मेटिँदैन, हाम्रा वीङ्सहरु विदेशमा समेत फैलिइसकेका छन्उ, उद्योग वाणिज्य महासंघको ५१ बर्षको इतिहासलाई कसैले पनि मेटाउन सक्दैन ।

Advertisement

Advertisement

Advertisement