किलोको रु. ६० मा प्याज पाएपछि थापाथलीमा उपभोक्ताको लाइन, जानकारी भने सीमितलाई

Advertisement

काठमाडौं । व्यापारीबाट नियन्त्रणमा लिएको ब्याज किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा लाइन लागेको छ । कम्पनीले प्रतिकिलो जम्मा रु. ६० रुपियाँमा प्याज बिक्री गर्न लागेको जानकारीपछि उपभोक्ताको लाइन लागेको हो । 

कम्पनीले उक्त मूल्यमा बढिमा तीन किलोसम्म प्याज दिए पनि यसको सुचना भने सीमितलाई मात्रै थियो । कम्पनीले पत्रपत्रिकामा गरेको सुचनाका आधारमा केही उपभोक्ता थापाथली पुगेका थिए । तर, पछिल्लो समयमा पत्रपत्रिका नगन्य मानिसहरुले मात्रै हेर्ने गरेकाले यसको जानकारी धेरैलाई हुनै पाएन् । कम्पनीकै कर्मचारीहरुले आफूले चिनेजानेकाहरुलाई खबर गरेका आधारमा धेरै मानिसहरु थापाथली पुगेका थिए । 

Advertisement


प्याज किन्न बिहानैदेखि मानिसहरु थापाथलीस्थित गोदाममा पुगेका थिए । बजार अनुगमनका क्रममा नियन्त्रणमा लिइएको १४ हजार छ सय किलो प्याज आज उपभोक्तालाई सस्तोमा बिक्री गरिएको हो । भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेका आधारमा नेपालमा व्यापारीहरुले अस्वाभाविकरुपमा मूल्य बढाउने र कालाबजारी गर्ने गरेको सरकारी अनुगमन टोलीहरुको भनाई छ । 

Advertisement

Advertisement