बहस लम्बिएपछि वामदेवविरुद्धको मुद्दाको सुनुवाई आज टुँगिएन्

Advertisement

काठमाडौं । नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक पूर्णइजलाशमा बुधबार भएको बहस टुँगिएन् । कानुन व्यवसायीले बहस गर्ने क्रम नटुँगएपछि शुक्रबार पुनः सुनुवाई गर्नेगरी स्थगित भएको छ । 

कानन व्यवसायी दिनेश त्रिपाठीलगायतले दर्ता गरेको उक्त मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न धेरैले नाम गर्दा गराएको हुँदा सुनुवाई आज टुँगिन नसकेको हो । उक्त रिटमा सर्वोच्चले यसअघि वामदेवलाई सिफारिस गर्ने निर्णय यथास्थितिमा राख्न निर्देशन दिइसकेको छ । 

Advertisement

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरे भने सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए ।

सरकारी पक्षले निर्वाचन हार्नु अयोग्यता होइन भन्दै वामदेवको बचाउ गरेका थिए । उनले यसअघिका उदाहरण पेश गर्न वामदेव साँसद मात्रै होइन् मन्त्री नै हुन पनि संविधान बाधक नहुने जिकिर गरेका थिए । 

Advertisement

Advertisement