गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयोः मन्त्री चौधरी

Advertisement

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गृहमन्त्री रवि लामिछानेको सहकारीसम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छन् ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले पत्रकारिता पेशामा लागेर लामिछाने गृहमन्त्री भएको प्रसंग कोट्याउँदै लामिछानेको विषय अहिले नयाँ सत्तासमीकरणमा पनि जोडिएर आएको बताएकी हुन् ।  

Advertisement

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भए पनि सम्मानित पेशा भएको बताइन् । पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको उनको भनाई छ । 

चौधरीले भनिन् ‘पत्रकारिता पेशामा दुःख चाहिँ छ । तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन । तपाइँहरुकै पत्रकारिता क्षेत्रबाट अहिले सरकारको गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाइँहरु यदि राम्रो ढंगले जाने हो भने यद्यपि केही कुराहरु उहाँको विषयमा उठेको अवस्था छ । यो समिकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेशा नराम्रो होइन । त्यसो त यो सम्मानित पेशा हो । गर्नसक्यो भने धेरै राम्रो हुनसक्छ ।’

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलको स्मरण समेत गरिन् । 

Advertisement