ग्लोबल आइएमईको नयाँ शाखा मुस्ताङको घरपझोङमा

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । हिजोदेखि नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Advertisement

Advertisement