गायक प्रेमध्वज प्रधानको ८४ बर्षमा निधन

Advertisement

काठमाडौं । गायक एवं संगीतकार प्रेमध्वज प्रधानको ८४ बर्षको उमेरमा निधन भएको छ । प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

छातीमा समस्या भएपछि केही दिनअघि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रधानले उषा मंगेश्कर,  आशा भोस्लेलगायतका चर्चित गायिकाहरूसँग गीत गाएका थिए । सोह्र बर्षकै उमेरदेखि गीत गाउन सुरु गरेका उनले थुप्रै चलचित्रमा गीत संगीत दिएका छन् । ‘यो नेपाली शिर उचाली’ जस्ता थुप्रै चर्चित गीतहरू गाएका प्रधानका सयौं गीतहरू रेकर्डमा छन् । 

Advertisement

Advertisement

Advertisement