‘मेरोब्राण्ड’ नामक नयाँ अनलाइन सपिङ सुरु, काठमाडौंभित्र एक दिनमै डेलिभरी

Advertisement

काठमाडौं । ‘मेरोब्राण्ड’ नामक अनलाइन सपिङ सुरु भएको छ । नेपाली इकमर्स बजारमा उपभोक्तालाई नयाँ अनुभव दिन भन्दै ‘मेरोब्राण्ड डटकम’ सञ्चालनमा आएको हो । 

‘मेरोब्राण्ड’का प्रमुख कार्यकारी अधिकृत राजकुमार विष्टले बजारमा उपभोक्ताले आफूले खोजेको ब्राण्ड न्यूनतम् मूल्यमा उपलब्ध गराइने बताउँदै काठमाडौंभित्र एक दिनमै डेलिभरी गराउने बताए । गुणस्तरीय सामान डेलिभरी गरेर अनलाइन सपिङप्रति उपभोक्ताको विश्वास बढाउन रोलमोडल बन्ने आफूहरुको उद्देश्य रहेको बताउँदै उनले सामान खरीद गर्दा नगद भुक्तानी वा अनलाइन ट्रान्सफर वा कार्डबाट पनि भुक्तानी गर्न सकिने बताए । आफूले अर्डर गरेको सामान भनेअनुसार नभए सात दिनभित्र फिर्ता पनि गर्न सकिने बिष्टले बताएका छन् । 

Advertisement

Advertisement

Advertisement