नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघको अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित

Advertisement

काठमाडौं । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा टंकप्रसाद शेरचन, महासचिवमा ओमप्रकाश वंशल र सचिवमा दीपककुमार फैंजु, कोषाध्यक्षमा नरेशकुमार गोयल र सहकोषाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Advertisement

देशभर खाद्यको आवश्यकता, सम्पूर्ण व्यवसायीको एकता भन्ने मूल नाराका साथ २०४७ सालमा स्थापना भएको यो संघले खाद्य एवं किराना तथा थोक व्यवसायीको हक हित तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।

आम उपभोक्तालाई सुपथ मूल्यमा सुलभ ढंगले दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन प्रतिबद्ध रहेको संघका अध्यक्ष श्रेष्ठले बताए । उनले उपभोग्य वस्तुको बिक्री वितरणका लागि राज्यले सहजीकरण गर्नुपर्ने धारणा राखे ।

Advertisement

Advertisement