भाटभटेनीले १६० को चकलेट ३२० मा बिक्री गरेको प्रमाण भेटियो

Advertisement

काठमाडौं । चर्चित सुपरमार्केट भाटभटेनीले १६० रुपियाँको चकलेट ३२० रुपियाँमा बिक्री गरेको पाइएको छ । भारत मुम्बईबाट आयातित बेलायती ब्राण्डको क्याटबरी चकलेटको अधिकृतम खुद्रा मूल्य (एमआरपी) १६० भए पनि भाटभटेनीले उपभोक्तालाई ३२० रुपियाँ लिने गरेको पाइएको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भाटभटेनी सुपरमार्केट हो कि उपभोक्ता ठग्ने पसल हो ? भनेर सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । उनले यसलाई भाटभटेनीको लुटको संख्या दिएका छन् । खुद्रा मूल्यमा नै बिक्रेताको नाफादेखि कर जोडिएको हुन्छ ।

Advertisement

काला बजारी तथा केही सामाजिक अपराध ऐन, २०३२ अनुसार यस्तो चकलेटमा अधिकृतम २० प्रतिशत नाफा खान पाइने भए पनि भाटभटेनीले एमआरपीभन्दा दोब्बर मूल्यमा बिक्री गरेको पाइएको हो । यो हिसावले भाटभटेनी तुरुन्तै कडाभन्दा कडा कारवाही हुनुपर्ने महर्जनको भनाई छ । 

उपभोक्ता हित संरक्षणसम्वन्वन्धी ऐन, २०७५ को दफा १४ ले अनुचित व्यापारिक क्रियाकलाप गरेमा बाणिज्य विभागले अधिकमत् पाँच लाख रुपियाँ जरिवाना र पाँच बर्षसम्म जेल जसाय गर्नसक्छ भने सोही अभियोगमा जिल्ला प्रशासनले १० लाख रुपियाँसम्म जरिवाना र १० बर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ । 

Advertisement

Advertisement