Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भएको भन्दै मूल्यवृद्धि निर्देशिका भाग– २ ल्याउन माग गरेको छ । 

बिहीवार महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मूल्यवृद्धि निर्देशिका भाग– २ ल्याउन माग गरेको हो । महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित मूल्यवृद्धि हुँदा निर्माणको काम अगाडी बढाउन नसकिएको बताए । 

Advertisement

उनले निर्माणको काम अगाडी बढाउनका लागि सरकारले अविलम्ब मूल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने बताए । सरकारले निर्देशिका नल्याएमा कन्ट्रक्शन होलिडेमा जानुपर्ने अवस्था आउने सिंहले बताए । उनले  भने,  ‘अहिले बजारमा भएको अप्रत्यासित मूल्यवृद्धिको कारणले निर्माण गर्ने उपयुक्त समयमा पनि हामी निर्माण कार्यलाई अगाडी बढाउन सकेको छैनौं । मूल्यवृद्धि निर्देशिका भाग–२ जारी नगरिकन निर्माणको गतिविधि अगाडी बढाउन नसक्ने अवस्था छ । त्यही भएर हामीले सरकारलाई सहयोग गरेर हामीले कन्ट्रक्शन होलिडेमा जान पनि हामी तयार छौँ ।’ 

सिंहले थपे, ‘सरकारले अति आवश्यक कामहरु गराउनुपर्छ भने मूल्यवृद्धि निर्देशिका भाग–२ जारी तुरुन्तै गर्नुप¥यो । तर हामीले धेरै पटक प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, शहरी विकास मन्त्री र अन्य मन्त्रीहरुलाई यस विषयमा जानकारी गराउँदा पनि उहाँहरुको ध्यानाकर्षण नभएका कारण आज हामी सांकेतिक रुपमा सरोकारवाला मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय जसले यसभन्दा अगाडी २०६५ सालमा अत्याधिक रुपमा मूल्यवृद्धि हुँदा मूल्यवृद्धि निर्देशिका भाग –१ जारी गरेको थियो । र अब तुरुन्तै निर्माणको गतिविधि अगाडी बढाउने हो भने सरकारले मूल्यवृद्धि निर्देशिका भाग–२ जारी गर्नुपर्छ । र त्यो जारी गरेपछि हामी निर्माणको गतिविधि अगाडी बढाउँछौँ । अन्यथा हामीले सरकारलाई सहयोग गरेर कन्ट्रक्शन होलिडे मनाउँछौ र भोलीको दिनमा मूल्य स्थिर भएपछि हामी फेरि काममा फर्किने हामी प्रण गर्छौ ।’

महासंघले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना कार्यक्रम गरेको हो । बिगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले बिरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।

Advertisement

Advertisement