जसपा सरकारबाट बाहिरियो, उपप्रधानमन्त्री यादवले दिए राजीनामा

Advertisement

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । । यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । 

“आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने । 

Advertisement

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् । 

Advertisement

Advertisement