वाणिज्य बैंकहरुको ब्याजदरः जेठ महिनामा कुन बैंकले कति दिँदैछन् ? (सूची हेर्नुहोस्)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित सूचनाअनुसार ब्याजदर वैशाख महिनाको तुलनामा सामान्य घटेको छ ।

वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा औसतमा ७.१४ प्रतिशत ब्याज दिइरहेका १९ बैंकहरुले, जेठ महिनामा औसतमा ७.०६ प्रतिशतका दरले ब्याज दिने भएका छन् । यो वैशाखको तुलनामा ०.०७ प्रतिशतले कम हो । 

Advertisement

त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि औसतमा ०.०७ प्रतिशत विन्दुले घटेको छ ।

यी बैंकहरुको ब्याजदर स्थिर

जेठ महिनामा नौ बैंकले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले जेठका लागि पनि वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि अघिल्लो महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका छन् । 

८ बैंकले घटाउँदा २ बैंकले बढाए

वैशाख महिनाको तुलनामा ८ वाणिज्य बैंकहरुले जेठ महिनाको लागि ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन् । एनएमबि बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले बढाएका छन् ।

सबैभन्दा बढी ब्याज दिनेमा एनएमबि र एनआईसी एशिया

जेठ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । यी दुवै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७.८ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.८ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।

सबैभन्दा कम ब्याजदर भने नेपाल एसबिआई बैंकको रहेको छ । सो बैंकले व्यत्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

undefined

Advertisement

Advertisement