काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको भाउ उच्च दरमा बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपियाँ र डिजेल, मट्टितेलमा १२–१२ रुपियाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।
यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपियाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरिए पनि पुनः भारी मूल्य वृद्धि गरिएबाट उपभोक्तालाई चर्को मार पर्ने अवस्था आएको छ । निगमले खाना पकाउने एलपी ग्यासमा भने मूल्य बढाएको छैन् । बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको १६५ रुपियाँ पुगेको छ ।
निगमले मूल्य बढाएपछि पनि अझै १५ दिनमा निगमलाई तीन अर्ब रुपियाँभन्दा धेरै घाटा रहेको दावी गरेको छ ।