आन्तरिक ऋणमा सीमा तोक्नुपर्छ, बाह्य ऋण पनि  सदुपयोग हुन सकेन्ः रिजाल

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले आन्तरिक ऋण लिने सीमा लिमिट बनाउनुपर्ने बताएका छन् । शुक्रबार संसदको अथसमितिमा उनले सरकारलाई ऋण लिने प्रक्रियामा अनुशासन राख्न सकिएन भने अर्थतन्त्रमा समस्या आउने बताए । 

रिजालले भूकम्प भन्दा अगाडि १३ प्रतिशत वैदेशिक ऋण रहेकोमा अहिले बढेर जीडीपी (कुल गार्हस्थ उत्पादन)को एक चौथाई पुगेको औंल्याउँदै अघिल्लो जनताले म्यान्डेट दिएर बनाएको शक्तिशाली सरकारले ठूलो विकास गर्ने आत्मविश्वास गरेर ऋण लिने काम गरे पनि उपलब्धिमुलुक काम गर्न नसेको बताए । 

Advertisement

उनले भने, ‘भूकम्पको अगाडि आइपुग्दा १२ देखि १३ प्रतिशतको हाराहारीमा ऋणमा पुग्यौं । त्यसपछि भूकम्पमा ठूलो वैदेशिक ऋण लिनुपर्यो । त्यसपछि जीडीपीको एक चौथाई वैदेशिक ऋण पुग्यौं । त्यसपछि २०७४ को निर्वाचनपछि खुलेर ठूलो ऋण लिन थाल्यौं । ठूलै विकाशका कामहरु गर्नसक्छौं भन्ने खालको आत्मविश्वास वलियो सरकार जनताको म्याण्डेट लिएर बनाए । तर सरकारले लिएको ऋण जस्टिफाइन हुन सकेन । त्यसले गर्दा लिएको ऋणको भुक्तानी गर्दा ब्याज बढेकाले सरकार र तरलतामा समस्या पर्छ भनेको थिएँ । यो वर्ष त्यही भयो ।’ 

रिजालले थपे, ‘यो वर्ष सरकारलाई सुविधा छ जीडीपीको सिरिज रिभाइभ भयो । झण्डै ४८ अर्बको जीडीपी छ । कोभिडपछि अर्थतन्त्र चलायमान हुँदै जाँदा बैंकहरुले कर्जा दिनसक्ने अवस्था छैन् । अहिले बैंकको निक्षेपमा पैसा राख्दा १३ प्रतिशतसम्म ब्याज दिने र बैंकको लगानीमा २० प्रतिशत पुग्न लागेको छ । यो बेला हामीले आन्तरिक ऋणमा लिमिट राखेनौं, सरकारलाई अनुशासनमा राख्ने काम गरेन भने विभिन्न समस्या आउँछन् । अहिले बैंकको ब्याजदर उच्च छ । यस्तो अवस्थामा अर्थ मन्त्रालयले जीडीपीसँग मिल्ने गरी दुवैमा अंक राख्नुपर्छ ।’

Advertisement