प्राधिकरणले पहिले नै खारेज गरिसकेको हेल्लो नेपालको लाइसेन्स मन्त्रिपरिषदबाट पनि खारेज

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै खारेज गरिसकेको नेपाल स्याटलाइट प्रालि (हेलो नेपाल)को अनुमतिपत्र मन्त्रिपरिषदले पनि खारेज गरेको छ । 

प्राधिकरणको निर्णयविरुद्ध उक्त कम्पनीका सञ्चालक अजय सुमार्गीले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निवेदन दिएकोमा मन्त्रिपरिषदको बैठकले अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने यसअघिको निर्णयलाई सदर गरेको कान्तिपुर दैनिकले लेखेको छ । 

Advertisement

सेवा सञ्चालनबापत तोकिएको शुल्क बुझाउन लामो समयसम्म आनाकानी गरेपछि प्राधिकरणले १० महिनाअघि हेल्लो नेपालको लाइसेन्स खारेज गरेको थियो । किस्तावन्दीमा शुल्क बुझाउने सुविधा दिँदा पनि नबुझाएपछि प्राधिकरणले हेलो नेपालको लाइसेन्स खारेज गरेको थियो । उक्त कम्पनीले सरकारलाई बुझाउनुपर्ने रकम झण्डै एक बर्ष पुगेको छ । 

Advertisement