नेपाल वायुसेवा निगमका उडान कर्मचारी हडतालमा उत्रिएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका ‘क्याबिन क्रु’ (उडान कर्मचारी) विरोधमा उत्रिएपछि आज बुधबारको नयाँ दिल्ली उडान प्रभावित भएको छ । काम गरिरहेका विमान कर्मचारीको म्यान निगम व्यवस्थानले थप्न आनाकानी गरेसँगै उनीहरुको पेशागत हितका लागि अन्य कर्मचारी अडताल गर्दै विरोधमा उत्रिएका कारण उडान प्रभावित भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज दिल्ली उडान गर्न लागेको जहाजका ‘क्याविन क्रु’ आफ्ना साथीहरुको हितका लागि जहाज नउडाई विरोधमा उत्रिएका कारण दिल्ली उडान डिले भएको हो । 

Advertisement

दिउसो १ः४५ मा उड्नुपर्ने निगमको जहाज अपरान्हमा उडेको छ । उक्त जहाजमा म्याद नथपिएका कर्मचारीको सट्टामा पछि अरु कर्मचारी राख्ने र म्याद नथपिएका कर्मचारीको म्याद थप प्रक्रिया अघि बढाउने कुराकानी भएको जनाइएको छ । 
 
सिटौलाले भने, ‘दिल्ली उडानका लागि अरु ‘क्याबिन क्रु’ आउँदै छन् । पाइलटहरु आफ्नो डिउटीमा नै छन् । जहाज अब उड्ने तयारी भइरहेको छ ।’

कुल २५६ यात्रुलाई चेक इन गरेर राखेपछि उडान कर्मचारीहरुको विरोधका कारण झण्डै तीन घण्टा ढिलो गरी उडान लागेको हो । उनले थपे, ‘यात्रुहरुलाई त्यस्तो अलपत्र पारेको चाहिं होइन । एकछिनमा ‘क्याबिन क्रु’हरु आइपुग्छन् । उनीहरु आइसकेपछि जहाज उड्छ ।’

निगमका प्रवक्ता अर्चना खड्काले निर्धारित समयमा उड्न नसकेको जहाज अपरान्ह ३.३० बजे उडान भर्ने बताए पनि उनले भनेको समयमा उड्न सकेन् । केही ‘क्याबिन क्रु’ले उडान नगर्ने भनेका कारण ढिलो भएको स्वीकार गर्दै उनले उनीहरुमध्ये दुई जनाको करार सम्झौता नवीकरण नभएका कारण अरुले पनि उडान नगर्ने भन्दै विरोधमा उत्रिएका कारण जहाज उड्न ढिलो भएको बताइन् । खड्काले अहिले उडानको लागि अरु ‘क्याबिन क्रु’ रिप्लेस गरिएको बताइन् । 

Advertisement

Advertisement