पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घट्यो

Advertisement

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए ।

Advertisement

अब पेट्रोलको प्रतिलिटर मूल्य रु. १७८ र डिजेल–मटितेलको प्रतिलिटर मूल्य रु. १७५ पर्नेछ । 

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता उपाध्यायले उल्लेख गरे । 

भारतबाट फेरि घटेर आयो इन्धनको मूल्य


 

Advertisement