जिल्ला अदालत तनहुँबाट पल शाहले पाए सफाई

Advertisement

काठमाडौं । बालिका बलात्कारसम्वन्धी मुद्दामा अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन् । जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले मंगलबार उनलाई बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै सफाई दिएको हो । 

साथै, सोही इजलाशले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । गायन क्षेत्रमा सक्रिय एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासीमा शाहमाथि मुद्दा दायर भएको थियो ।

Advertisement

सोही मुद्दामा जिल्ला अदालत नवलपरासीले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको आरोपमा दुई वर्ष छ महिना जेल सजाय र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । 

Advertisement

Advertisement