सात जनाको २५ करोड लगानीमा ‘टुसाल मल्टि भेन्यु’ सञ्चालन

Advertisement

काठमाडौं । राजधानीको टुसालमा सात जना लगानीकर्ताले २५ करोड रुपियाँ लगानीमा ‘टुसाल मल्टि भेन्यु’ सञ्चालनमा ल्याएका छन् । एउटै छातामुनी रेष्टुरेन्ट, बेङ्क्वेट, पौडी पोखरी, व्यायामशाला, वेलनेस, सोना स्टिम, ज्याकोजी जस्ता सेवा समावेश गरी ‘टुसाल मल्टि भेन्यु’ सञ्चालनमा ल्याइएको हो ।    

करिव एक बर्षअघिदेखि सञ्चालनमा ल्याइएको ‘टुसाल मल्टि भेन्यु’मा एक हजार दुई सयसम्म मानिसहरु अट्नसक्ने क्षमताको छ । कम्पनीका प्रबन्धक निर्देशक लक्ष्मण केसीले उत्तरी काठमाडौंका वासिन्दामात्रै नभई बनेपा, नुवाकोट, भक्तपुरलगायतका क्षेत्रमा मानिसहरुको विवाह, ब्रतबन्ध जस्ता धार्मिक तथा सामाजिक कार्य गर्ने, भेला तथा बैठक गर्ने, रेष्टुरेन्टमा खानपिन गर्ने, स्वास्थ्यका लागि व्यायाम गर्ने, पौडी खेल्ने ठाउँ भएको बताए । 

Advertisement

सांग्रिला, र्याडिसन जस्ता ठूला तारे होटलमा डेढ दशक सेफ भएर काम गरिसकेका उनले साथीहरुसँग मिलेर विभिन्न सेवाहरुसमेत प्रदान गर्नेगरी पार्टी प्यालेस सञ्चालनमा ल्याएको बताए । 

केसीले राती बस्नका लागि पनि छुटै कोठा निर्माण कार्य भइरहेको बताउँदै आधुनिक प्रविधिसहित निर्माण गरिएका संरचना र स्वस्थ तथा गुणस्तरीय खानपिनका कारण आफूहरुप्रति ग्राहकहरुको विश्वास बढ्दै गएको बताए । उनले भने, ‘बच्चादेखि बृद्धबृद्धासम्मका आवश्यक पर्ने सेवा सुविधाहरु एउटै छातामुनी प्रदान गर्नेगरी आधुनिक किसिमबाट संरचना निर्माण गरेका छौं । खानेकुरामा कुनै कमीकम्जोरी हुन नदिन सचेत छौं ।’

शान्त वातावरण, सफा, चुस्त सेवा प्रवाहका कारण चितवन, पोखरा, नारायणथान, थानकोट, ललितपुरदेखिका ग्राहक आउने गरेको केसीले सुनाए । 

हराइसकेको ‘टुसाल’ नामलाई बचाईराख्न सो ठाउँको पहिचान कायम राख्न व्यवसायको नाम पनि टुसाल मल्टि भेन्यु राखिएको कम्पनीको भनाई छ । ‘टुसाल मल्टि भेन्यु’ साढे दश रोपनी क्षेत्रफलमा फैलिएको छ । 

टुसाल मल्टि भेन्युमा प्रत्यक्ष/ अप्रत्यक्ष गरी ८० जनाले रोजगारी पाएका छन् । अर्काको देशमा गएर श्रम बेच्नुभन्दा आफ्नै मुलुकमा केही गरौ भनेर आफूहरुले यो व्यवसाय सुरु गरेको बताउँदै प्रवन्ध निर्देशक केसीले आफूले कुनै बैंकबाट ऋण नलिई जग्गा जमिन बेचेर व्यवसाय सुरु गरेको बताए ।

पार्टी प्यालेस सञ्चालनमा आएपछि राम्रो व्यवसाय भएको र घाटामा नरहेको केसीले बताए । उनले जाडोमा भन्दा गर्मी महिनामा व्यवसाय बढी हुने बताए । गर्मीमा पौडी खेल्न आउनेको संख्या धेरै हुने गरेको केसीको भनाई छ । आफूहरुको मल्टि भेन्युलाई कलाकारदेखि सर्वसाधारण ग्राहकसम्मले रुचाउने गरेको उनले बताए । 

व्यायाम गर्ने ग्राहकहरुलाई तीन महिनादेखि एक बर्षको प्याकेज बनाएको टुसाल मल्टि भेन्युले महिलाहरुलाई व्यायाममा छुटको व्यवस्था गरेको छ । 

Advertisement

Advertisement