दुई वटा कम्पनीलाई पाइलट उत्पादनका लागि ‘फ्लाइङ स्कुल’ खोल्न अनुमति

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाइलट उत्पादनका लागि ‘फ्लाइङ स्कुल’ खोल्न दुई वटा कम्पनीलाई इजाजत दिएको छ । 

पर्यटनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभियन प्रा.लि. र चन्द्र सूर्य एभियन प्रा.लि.लाई यस्तो विद्यालय खोल्न अनुमति दिइएको हो । उनले कार्यविधिमा संशोधन गरी पाइलट उत्पादन गर्न बर्षौंदेखि रोक्किएको प्रक्रिया खुलाएको बताएका छन् । 

Advertisement

प्रक्रिया पूरा गरेर आउने अन्य संस्थालाई पनि अनुमति प्रदान गरिने किरातीले बताएका छन् । 
 

Advertisement

Advertisement