विद्युतीय कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाले ‘ओटीपी’ कहिल्यै माग्दैनन्, ‘कसैलाई नदिनू !’

Advertisement

काठमाडौं । विद्युतीय कारोबार गर्न खोज्ने व्यक्ति सही हो/होइन पहिचान गर्न स्वचालित रुपमा प्रदान गरिने वान टाइम पासवर्ड (ओटीपी) कसैलाई नदिन राष्ट्र बैंकले सुझाएको छ । 

बैंक तथा वित्तीय संस्था वा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको प्रणालीले स्वचालित रुपमा ओटीपी प्रदान गर्दछ । 

Advertisement

विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर हुने गरेकाले सजग भई कारोबार गर्न राष्ट्र बैंकले सुझाएको हो । 

‘कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि माग्दैनन्, तपाईँले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाईँको ओटीपी कुनै पनि कार्यका लागि आवश्यक पर्दैन’, राष्ट्र बैंकले वित्तीय चेतनाका लागि प्रकाशित गरेको सूचनामा उल्लेख छ । 


 

Advertisement

Advertisement