प्राइम कमर्सियल बैंकको कामु सीईओमा संजीव मानन्धर नियुक्त

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियूक्त भएका छन् । 

सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि समाप्त भएकाले साउन १७ गतेबाट लागू हुने गरी संजीवलाई कामु सीईओ नियुक्त गरिएको कम्पनी सचिव राजकुमार कार्कीले जनाएका छन् । 

Advertisement

कामु सीईओ नियूक्त संजीव उक्त बैंकमा जेनेरल म्यानेजरका रुपमा कार्यरत रहँदै आएका थिए । कायममुकायम सीईओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरेका थिए ।  

त्यस्तै अवकाशप्राप्त सीईओ नारायणदास विगत १६ वर्षदेखि बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।  

 

Advertisement