हिरोले ज्योति समूहसँग सम्वन्ध तोडेको छैन्, हाम्रो कुराकानी भइरहेको छः डा. रुप ज्योति

Advertisement

काठमाडौं । ज्योति समूहका अध्यक्ष डा. रुप ज्योतिले इण्डियन अटोमोवाइल ब्राण्ड हिरोले ज्योति समूहसँग सम्वन्ध विच्छेद गरेको हल्लामा सत्यता नरहेको दावी गरेका छन् । 

नेपालमा झण्डै चार दशकदेखि हिरोका दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएको ज्योति समूहसँग व्यापारिक सम्वन्ध चिस्सिएको सन्दर्भमा सोमबार हिरो मोटोकर्प चौधरी समूहसँग सहकार्य गरी आफ्नो नेपालको व्यापार पुनस्थापित गरेको बताएको थियो । 

Advertisement

हिरोको यस्तो विज्ञप्ति आए पनि उनीहरुसँग आफूहरुको कुराकानी भइरहेको र आधिकारिक बिक्रेता नवीकरण नगर्ने कुनै संकेत आफूहरुलाई नदिएको डा. ज्योतिको भनाई छ । ज्योति समूहअन्तर्गतको नेसनल जनरल मार्केटिङ (एनजीएम) हिरोको नेपालको आधिकारिक बिक्रेता रहँदै आएको छ । 

उनले हिरो मोटोकर्पसँग भएको कुराकानीअनुसार नै आफूहरुले एसेम्ब्लिङ प्लान्ट निर्माण गरेको र हिरोका मोटरसाइकल तथा स्कुटर बिक्रीका लागि देशभर ठूलो लगानी गरेर सञ्जाल र पूर्वाधार बनाएको बताउँदै हिरो मोटोकर्पसँग भइरहेको कुराकानीमा व्यापारिक सम्वन्ध विच्छेद गर्ने कुरा कतै नभएको सन्दर्भमा हिजोको पत्र कहाँबाट कसरी आयो ? आफूहरुले पनि अध्ययन गरिरहेको बताए । 


डा. ज्योतिले भने, ‘व्यापारिक लाभको कुरामा उनीहरुसँग हाम्रो केही कुरा नमिलेको सत्य हो । तर सम्वन्ध नै विच्छेद गर्ने तहमा गएको छैन् । उनीहरुले त्यस्तै कुनै इण्डिकेसन पनि दिएको छैन् । कसरी के कारणबाट हिजो हिरो मोटोकर्पको नाममा विज्ञप्ति आयो ? हामीले अध्ययन गर्दैछौं । बुझ्दैछौं ।’ हिरोको विज्ञप्तिमा चौधरी समूहअन्तर्गतको कम्पनीलाई हिरोको नेपालको आधिकारिक बिक्रेताको रुपमा नियुक्त गर्ने र नेपालको नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट स्थापना गर्ने कुरा उल्लेख छ । 

Advertisement

Advertisement