काठमाडौं । अरुण काबेली पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाबाट पुनः विद्युत् उत्पादनको काम सुरु भएको छ ।
कम्पनीको आयोजनामा २०८० जेठ ३२ गते आएको बाढीले क्षति पुर्याएको थियो ।
मर्मत सम्भारपछि बुधबारबाट आयोजना पूर्ण सञ्चालनमा आई पुनः विद्युत् उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।