काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।