गुहेश्वरी मर्चेण्टले गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुर महानगरपालिका वडा नं. १३ स्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, अनुपलना अधिकृतको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति थियो ।

Advertisement

वित्तीय साक्षरता कार्यक्रम मार्फत लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्नेे तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको सीईओ तोयानाथ अधिकारीले बताए । 
 

Advertisement

Advertisement