सिद्धार्थ बैंकको सबै सेवा १२ घण्टा अवरुद्ध हुने, ‘होलिडे काउन्टर’ समेत बन्द

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकको बैंकिङ सेवा १२ घण्टा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर स्थानान्तरण गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

शुक्रबार (आज) राति ११ बजेदेखि भोलि (शनिबार) बिहान ११ बजेसम्म मोबाइल बैंकिङ, एटीएम, डेबिट कार्ड, रेमिट, आइपीएस, आरटीजीएसलगायतका सबै बैंकिङ सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । 

Advertisement

साथै, शनिबार बिदामा सञ्चालन हुने ‘होलिडे काउन्टर’ समेत बन्द रहने बताइएको छ । 

undefined

Advertisement

Advertisement