चिलिमे जलविद्युत् कम्पनीद्वारा बोनस शेयर हितग्राही खातामा जम्मा

Advertisement

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले पूर्वघोषित बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको छ ।

कम्पनीको २७औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । सो शेयर शेयरधनीको हितग्राही खातामा जम्मा कम्पनीले जनाएको छ । 

Advertisement

बुक क्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा फागुन ३ गतेदेखि नै बोनस शेयर जम्मा गरिएको कम्पनीले बताएको छ ।

साथै, भौतिक रुपमा शेयर धारण नगरेका शेयरधनीलाई पनि शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर स्वतः शेयरधनीको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement