काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयरधनीहरुका लागि २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले आव २०८०–८१ को नाफाबाट १९ प्रतिशत नगद लाभांश (करसहित) र ६.५० प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गोपी भट्टराईले जनाएका छन् ।
उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।